काठमाडौं, २१ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शिखर इन्स्यारेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको ३० प्रतिशत हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।
बिहिबारको कारोबार सकिएपछि कायम भएको अन्तिम शेयरमूल्यको आधारमा इन्स्योरेन्सको शेयरमूल्य १ हजार ५५० रुपैयाँ ७७ पैसा कायम भएको छ ।
हिजो इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ९८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।