Logo

ओलम्पिक उद्घाटनमा सहभागी हुन पुटिन बेइजिङ जाँदै



एजेन्सी, २१ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै छन् । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लागेका हुन् । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता जनाइएको छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख छन् ।

चीन प्रस्थान गर्नुअघि पुटिनले चीनसँग आपसी राजनीतिक विश्वासको आधारमा घनिष्ठ सहयोग स्थापित हुने बताएका छन् । उनले रुस र चीनले चुनौतीपूर्ण विश्वमा स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पनि बताएका छन् ।

युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपतिले चिनियाँ समकक्षी सी चिनफिङसँग प्रत्यक्ष गर्ने संवाद अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot