Logo

आइएमई जनरल इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्दै, बुक क्लोज कहिले ?



काठमाडौं, २१ माघ । आइएमई जनरल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ ।

कम्पनीले फागुन १ गतेका लागि बुक क्लोज मिति तोकेको हो । माघ २९ गते सम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी गरेको हो ।

हकप्रद निष्कासनका लागि इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ ।



प्रतिक्रिया दिनुहोस्