Logo

लोमस फार्मास्युटिकल्सद्वारा बाल मन्दिरलाई स्वास्थ्य सामाग्री प्रदान



काठमाडौं, २१ माघ । काठमाडौंको नक्सालस्थित् नेपाल बाल संगठन केन्द्रीय कार्य समिति (बाल मन्दिर)लाई लोमस फार्मास्युटिकल्सले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी शुक्रबार लोमस फार्मास्युटिकल्सका सञ्चालक प्रणव जंग पाण्डेले बाल मन्दिरका महानिर्देशक अजय साहलाई बालबालिकाको लागि उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

लोमस फार्मास्युटिकल्सले बालबालिकाको लागि सिटामोल, कफ सिरफ, मल्टी भिटामिन, डिकोल्ड (झोल), जीवनजल, स्यानीटाइजरलगायतका स्वास्थ्य सामाग्री बाल मन्दिरलाई प्रदान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्