Logo

रुसमा एकैदिन कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च



२१ माघ : रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । त्यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

त्यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी त्यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । त्यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot