Logo

पत्रकार कमलराज राईको हृदयघातबाट निधन



काठमाडौँ, २१ माघ । पत्रकार कमलराज राईको अल्पायुमै बिहीबार निधन भएको छ । राईको हृदयघातका कारण ४५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं कार्यसमिति सदस्य समेत रहेका राईलाई बिहीबार दिउँसो हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत राईको उपचारकै क्रममा हिजो दिउँसो ४ बजे निधन भएको हो ।

उनको पार्थिव शरीर आज बिहान गृह जिल्ला ओखलढुंगा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्