Logo

सानिमा माई हाइड्रोपावरको नाफा १७.९९ प्रतिशतले बढ्यो



काठमाडौं, २१ माघ । सानिमा माई हाइड्रोपावरको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७.९९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा रहेको कम्पनीको नाफा ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ५.५० प्रतिशतले बढेको छ ।

तर, अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष १ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ५१ हजार रुपैयाँ मात्रै आम्दानी भएको हो ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर ८१ पैसाले बढेर १२ रुपैयाँ ०२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्