Logo

सोमबारबाट दिल्लीमा विद्यालय खुल्ने



काठमाडौं, २१ माघ । भारतको नयाँ दिल्लीमा सोमबारबाट विद्यालय खुल्ने भएका छन् । आज दिल्ली सरकारले सूचना जारी गरी सोमबारबाट विद्यालय, कलेज र जिमहरु खुल्न दिने निर्णय सार्वजनिक गरेको हो ।

दिल्लीमा रात्री कफर्यु भने जारी रहनेछ । कफर्यु ११ बजे रातिबाट सुरु हुनेछ ।

कार्यालयहरु शतप्रतिशत क्षमतामा खोल्न नदिइने सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको जोखिमर्ला दृष्टिगत गरी दिल्लीमा विद्यालय बन्द गरिएका थिए । विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot