Logo

‘गंगुबाई काठियावाडी’ मा अजयको फस्ट लुक सार्वजनिक



एजेन्सी, २१ माघ । बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ को अजय देवगनको फर्स्ट लुक सार्वजनिक भएको छ । अजय देवगन आफैंले फिल्मको आफ्नो क्यारेक्टरको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेका हुन् ।

पोस्टरको क्याप्सनमा उनले लेखेका छन्, “अपनी देख्ने से चार चाँद लेन, आ रहे है हम” ट्रेलर चाडै आउनेछ। ’गंगुबाई काठियावाडी’ २५ फेब्रुअरी, २०२२ मा थिएटरमा आउनेछ।“ यो फिल्म सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको हो ।

 



प्रतिक्रिया दिनुहोस्