Logo

मौसम खराबीका कारण हवाई उडान प्रभावित



काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।

विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot