Logo

प्रधानमन्त्री देउवा र मुख्य प्रशिक्षक अलमुताइरीबीच भेटवार्ता (फोटोफिचर)



काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

भेटवार्तामा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायको समेत उपस्थिति रहेको थियो ।

यस्तै, चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख रुपैयाँ प्रदान गरेको थियो। सो समयमा नेपालमा नभएकाले सम्मानमा उपस्थित हुन पाएका अलमुताईरीलाई सो पुरस्कार समेत प्रदान गरिएको छ ।

अलमुताइरीले नेपाली च्याम्पीयन महिला भलिबल टोलीसँग समेत भेट भएको भन्दै खेलाडीहरुसँगको सेल्फी पोष्ट गरेका छन् । तस्विरः अब्दुल्लाह अलमुताइरी



प्रतिक्रिया दिनुहोस्

Screenshot