Logo

मिनी ट्रकमा धुलिखेल आउँदै गरेका भ्लगर कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ



काठमाडौं, २१ माघ । भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् ।

गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।

उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो ।

मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गर्दा ४.१३० ग्राम ब्राउन सुगर र ६.९४० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot