Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘ओमिक्रोनको संक्रमणदर घट्दै छ’



काठमाडौँ, २१ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को संक्रमणदर घट्दै गएको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिईन ।

पहिला एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै कम हुँदै गएको उनको भनाई छ । भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपालमा परेको उनले बताईन् ।

नेपालमा कोरोनाविरुद्धको खोप अभाव नभएको मन्त्रालयले बताएको छ । नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रको व्यवस्था भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिईन् । मन्त्रालयले खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटक–पटक अपिल गर्दै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot