Logo

वैद्य निकट विद्यार्थीका सचिवालय सदस्य न्यौपाने आफ्नै घर फर्किए



काठमाडौं, २१ माघ । मोहन वैद्य ‘किरण’ निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।

सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा प्रवेश गराएकी हुन् । क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताएका छन् ।

क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र एक नम्बरको संगठन बनाउन तितरबितर भएका सबै एक ठाउँमा आउनुपर्ने बताइन् । उनले न्यौपानेलाई स्वागत गर्दै संगठनमा आउने सबै क्रान्तिकारीलाई उपयुक्त र उचित जिम्मेवारी दिने समेत प्रतिवद्धता गरिन् ।

अध्यक्ष सिंहले क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने माओवादी केन्द्रको मुल भावना अनुसार अघि बढ्ने र पहिलो पार्टी बनाउन विद्यार्थी संगठन तयार रहेको पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot