एजेन्सी, २२ माघ। फिलिपिन्सको राजधानी मनिलास्थित रुसी दूतावासमा आगलागी भएको सञ्चारमाध्यम तासले लेखेको छ । रुसको विदेश मन्त्रालयले दूतावासमा भएको आगलागीबाट भारी मात्रामा क्षति पुगेको तर उक्त दुर्घटनामा कोही घाइते नभएको जनाएको हो । दूतावासका सबै कर्मचारीलाई परिवारसहित सुरक्षित बाहिर निकालिएको छ ।
रुसको समाचार एजेन्सी तासमा अनुसार मन्त्रालयसँग सम्बन्धित विभागको टेलिग्राम च्यानलमा जारी बयानमा भनिएको छ ‘यो दुर्घटनामा कोही घाइते भएको छैन । दूतावासमा रहेका कर्मचारी र उनीहरुका परिवारलाई सुरक्षित बाहिर निकालिएको छ । मनिलामा रुसी दूतावासमा लागेको आगो नियन्त्रण गरिएको छ ।’
यसअघि शुक्रबार फिलिपिन्सको समाचार च्यानल र्यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगो लागेको सूचना दिएको थियो । च्यानलले आफ्नो युट्युब च्यानलमा जलिरहेको भवनको भिडियो शेयर गरेको थियो ।’-Photo: Agency