काठमाडौं, २२ माघ । भारत सरकारले टेस्लाले आयात कर छुट गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ । भारत सरकारको यो अस्वीकारसँग भारतमा प्रवेश गर्ने टेस्लाको योजना विफल भएको छ ।
टेस्लाले भारत सरकारसँग आयात कर छुट गरे भारत आउन तयार रहेको बताएको थियो । तर, भारत सरकारले टेस्लाले पहिले उत्पादन कारखाना स्थापना गरेमात्र करको विषयमा अगाडी बढ्न सकिने जवाफ दिएको हो ।
टेस्लाले मोडल ३ इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो । जसको मूल्य आयात शुल्कसहित ६० लाख रुपैयाँ भारु पर्नजान्छ ।
भारतमा ३० लाखभन्दा कम मूल्यका गाडी आयात गर्दा ६० प्रतिशतसम्म र ३० लाख भन्दा माथिका गाडीमा शत प्रतिशत आयात शुल्क तिर्नुपर्ने नियम रहेको छ ।
टेस्लाले भातरको मुम्बईमा आफ्नो कार्यालय दर्ता गरेको छ ।