Logo

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता



बेइजिङ, २२ माघ : चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उनले भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका थिए । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डीमुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेण्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गरेका हुन् । उनले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्