Logo

अरुण नदी किनारमा वेवारिसे शव फेला



काठमाडौँ, २२ माघ। अरुण नदी किनारमा वेवारिसे शव फेला परेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको बेवारिसे शव हिजो (शुक्रबार) फेला परेको हो ।

अन्दाजी ४० देखि ४५ वर्षीय पुरुषको शव फेला परेको धनकुटा प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालस्थित शव गृहमा राखिएको छ । नदीमा तैरिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot