एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् ।
तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ ।उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन् । यस्तै, रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट तथा ४.३९ सेकेन्डमा रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट तथा ४४.२ सेकेन्डमा कास्य पदक जित्न सफल रहिन् ।-Photo: Agency