Logo

कार्चेन लामा मन्त्री बन्न लागेको भन्दै हुम्लाका मुक्तिकामी जनता खुशी, दिन थाले बधाई



काठमाडौं, २२ माघ । हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्न लागेको भन्दै हुम्लावासी खुशी भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको कोटाबाट मन्त्री बनाउन लागेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भोलि (आईतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। लामा गैरसांसद हुन् । उनलाई मन्त्री बनाउन लागिएको थाहा पाएपछि उनको विरुद्धमा विभिन्न टिकाटिप्पणी पनि भएका थिए । तर, उनले भने यस्तो आरोप लगाईनुमा कुनै तुक नभएको र आफूलाई पार्टी अध्यक्ष प्रचण्डले मन्त्री बनाउन लोगको खुलासासमेत गरेका थिए ।

लामा हुम्लामा पूराना कम्युनिष्ट नेताको रुपमा परिचित छन् । उनी २०४६ सालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी २०४६ मा नेकपा मसालका सदस्य र २०४७ मा संयुक्त जनमोर्चा नेपालका जिल्ला सदस्य भए । त्यस्तै, उनले २०४८ सालमा रक्तिम सांस्कृतिक परिवारको जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए । लामा २०५४ मा गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५२ सालदेखि २०५६ सालसम्म अर्ध भुमिगत रूपमा नेकपा माओवादी पार्टीमा सक्रिय थिए । २०५६ मा हुम्लाको प्रथम पूर्णकालिन सदस्यको जिम्मेवारीमा थिए ।

लामा २०५७ कर्णाली मुक्ति मोर्चाको सदस्य, २०५८ लामा मुक्ति मोर्चाको अध्यक्ष, २०५९ नेकपा माओवादीको हुम्लाको जनसरकार प्रमुख पनि भएका थिए । २०६० सालमा उनी पश्चिम सैन्य डिभीजन ब्युरो सदस्य, २०६४ मा उनी पार्टीको हुम्ला ईन्चार्ज र २०६५ उनी हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्ष भएका थिए ।

लामा २०६९ मा माओवादीको केन्द्रीय सदस्य र २०७२ मा पोलिटब्यूरो सदस्य भएका थिए । २०२४ भदौ ३ गते बरगाउँ गाविस वडा नम्बर ५ हाल सिमिकोट गाउपालिका ३ तोर्पा गाउमा जन्मिएका लामा हुम्लामा मात्र नभई हिमाली क्षेत्रको लामा जातिको प्रख्याँत अनि लोक प्रिय र इमान्दार नेताको रुपमा परिचित छन् ।

लामा मन्त्री हुन लागेकोमा हिमाली क्षेत्रका सबै मुक्तिकामी जनता खुशी भएका छन् र अहिले अग्रिम बधाई दिईरहेका छन् । आफूमाथि विगतमा लागेको मुद्दा भनेको फौजदारी नैतिक पतन देखिनेखालको नभएको पनि लामा स्वयमले मिडियामार्फत स्पष्ट पारिसकेका छन् । उनीमाथि मुद्दा ०४९ सालमा लागेको भएपनि उनी ०५४ सालमा गाविसको उपाध्यक्ष पनि भैसकेको नजिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot