Logo

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्छिन : बेलायती महारानी एलिजावेथ



एजेन्सी, २३ माघ।बेलायती महारानी एलिजावेथ द्वितीयले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पारेकी छिन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा हिजो (शनिबार) एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् ।

क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन् । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका हुन् । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।

तर, महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई बन्द गरिदिएकी हुन् । ९५ वर्षिया महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छिन् –मेरो छोरा चार्ल्स राजा बनेपछि उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।”-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot