काठमाडौं, २३ माघ । एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत मोबाइल बैंकिङदेखि प्रिपेड कार्ड डलरसम्मका सेवा ५ वर्षका लागि निःशुल्क गर्ने भएको छ । बैंकले गत कात्तिकदेखि सञ्चालनमा ल्याएको उक्त योजनामा यो खाता खोल्ने ग्राहकका लागि बैंकले ८४ लाखसम्मको बीमा सुविधा ल्याएको हो ।
बैंकको अनुसार यो बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्नसक्नेछन् ।
बैंकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड शुल्क, प्रिपेड कार्ड डलर, डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षका लागि निःशुल्क गरेको बैंकले जनाएको छ।
त्यस्तै, क्रेडिट कार्ड जारी र वार्षिक शुल्क समेत निःशुल्क गरिएको छ । चेक क्लियरिङ, आरटीजीएस, आईएपीएस÷सीपीएस÷फन्ड ट्रान्स्फर पनि पाँच वर्षका लागि निःशुल्क गरिएको जानकारी बैंकले दिएको छ ।
त्यस्तै देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क गरिएको छ ।