Logo

ब्राइटनमाथि जित निकाल्दै टोटेनहम एफए कपको पाँचौं चरणमा प्रवेश



काठमाडौं, २३ माघ । एफए कप फुटबलमा ब्राइटनमाथि जित निकाल्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको हो ।

खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २४औं मिनेटमा सोली मार्चले आत्मघाती गोल गरेपछि टोटेनहमको अग्रता दोब्बर बन्यो ।

यस्तै, खेलको ६३औं मिनेटमा ब्राइटनका बिसोउमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

खेलको ६६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्