Logo

विन्टर ओलम्पिकको पहिलो दिन कुन देशले कति पदक जिते ?



काठमाडौं, २३ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकको पहिलो दिन (शनिबार) नर्वेले सर्वाधिक दुई स्वर्ण पदक जितेको छ ।

नर्वेले सर्वाधिक दुई जित्दा चीन, नेदरल्यान्ड्स, स्लोभेनियाले, न्यूजिल्यान्ड र स्वीडेनले समान एक–एक स्वर्ण पदक जितेका छन् ।

स्लोभेनिया, क्यानाडा, अष्ट्रेलिया, अष्ट्रीया, हंगेरी, जापान र रुसले समान एक÷एक कास्य पदक समेत जितेको छ ।

यस्तै, इटालीले दुई, क्यानाडा, जर्मनी, अमेरिका, फ्रान्स र रुसले समान एक÷एक रजत पदक हात पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्