Logo

विष्णु रिजाललाई ऋषि धमलाको प्रश्न : एमसीसीबारे एमालेको बटमलाईन के हो ? (भिडिओसहित)



काठमाडौं, २३ मघ । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले एमसीसीबारे पहिला नेपाल सरकारको बटमलाईन जनताले थाहा पाउनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

धमलाले सुरुमै ‘एमसीसीबारे एमालेको बटमलाईन के हो ?’ भनेर सोधेका थिए । त्यसको जवाफमा रिजालले भने–‘पहिला सरकारको एमसीसीबारे बटमलाईन के हो ? वर्तमान सरकार गठबन्धनको बटमलाईन के हो ? यसले आफ्नो साझा न्यूनतम कार्यक्रममा किन राखेन ? प्रधानमन्त्री शेरबहादुर देउवाले किन आफ्नो ६ महिना पुगेको अवसरमा यो कुरा प्रष्ट पार्नुभएन ? पहिला सरकार स्पष्ट हुनुपर्छ । त्यसपछि मात्रै प्रमुख प्रतिपक्षी दलको हैसियतले नेकपा एमालेले स्पष्ट दृष्टिकोण अघि सार्दछ ।’

उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा एमसीसी पारित हुनुपर्छ भनेर संसद् सचिवालयमा प्रस्ताव पनि दर्ता भएको स्मरण गराए । तर, तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सभामुखलाई प्रयोग गरेर रोकेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्