Logo

ज्योति लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं, २३ माघ । ज्योति लाइफ इन्सुरेन्सको १०.५२ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज (आइतबार) अन्तिम मौका रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते सोमबार बुक क्लोज मिति तोकेको थियो । त्यसैकारण आज आइतबारसम्म कायम सेयरधनी लाभांशको हकदार बन्न सक्नेछन् ।

यसले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिन लागेको हो । आर्थिक वर्ष २०७६–७७ नाफाबाट यो लाभांश दिन लागिएको हो ।

लाभांश पारित गर्न यसले फागुन ६ गते शुक्रबार साधारण सभा बोलाएको छ । साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश हात पार्नेछन् ।

सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्