Logo

घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री भ्यालेरद्वारा राजीनामा



एजेन्सी, २३ माघ। घरेलु हिंसाको आरोप लागेपछि पेरुका प्रधानमन्त्री हेक्टर भ्यालेरले राजीनामा दिएका छन्। गत हप्ता प्रधानमन्त्री बनेका भ्यालेरले घरेलु हिंसाको आरोप लागेको चार दिनपछि हिजो (शनिबार) राजीनामा दिएका हुन्।

प्रधानमन्त्री भ्यालेरले सन् २०१६ मा आफ्नी पछिल्लो श्रीमती र छोरीमाथि हात उठाएको अभियोग लागेको छ। उक्त अभियोगको समाचार तीव्र रुपमा बाहिरिएपछि प्रधानमन्त्रीले चर्को आलोचना खेप्नु परेको थियो। उक्त अभियोगपछि त्यहाँका राष्ट्रपति पेड्रो क्यासिलोले ६ महिनाभित्रमा चौथो नयाँ मन्त्रीमण्डल गठन गर्ने बताएका थिए।

घरेलु हिंसा गरेका प्रधानमन्त्री भ्लालेरले राजनैतिक अधिकारको दुरुपयोग गरेको बताइएको छ। यद्यपि, प्रधानमन्त्री भ्यालेरले भने आफूमाथि झुटो आरोप लागेको बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot