Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एकघण्टा चक्काजाम



काठमाडौं, २३ माघ । आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घण्टा चक्काजाम गरिएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध रत्नराज्य क्याम्पसअगाडि चक्काजाम गरेको हो ।

चक्काजामको क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । चक्काजामका कारण केही समय सवारी आवागमन प्रभावित गराएका प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्