विराटनगर, २३ माघ । आइतबार प्रदेश नम्बर १ मा मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राईले आज ८ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
७ मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले आज नेकपा (एकिकृत समाजवादी)लाई सहित सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
यी हुन् मुख्यमन्त्रीसहित १३ मन्त्रीहरु
राजेन्द्र कुमार राई–मुख्यमन्त्री
इन्द्रबहादुर आङ्बो -आर्थिक मामिला तथा योजना मन्त्री
हिमाल कार्की- सडक पुर्वाधार तथा शहरी विकास मन्त्री
केदार कार्की- आन्तरिक मामिला तथा कानुन मन्त्री
जयराम यादव- स्वास्थ्य मन्त्री
रामकुमार राई- खानेपानी, सिंचाई तथा उर्जा मन्त्री
राजन राई -सामाजिक विकास मन्त्री
खिनु लङवा(लिम्बु)- पर्यटन तथा संस्कृति मन्त्री
झलक बहादुर मगर -कृषि मन्त्री
शेखर चन्द थापा -वन, वातावरण तथा भु–संरक्षण मन्त्री
ओम प्रकाश सारवागी -उद्योग, श्रम तथा रोजगार मन्त्री
प्रताप प्रकाश हाङगाम- भुमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री
उपेन्द्र प्रसाद घिमिरे -यातायात व्यवस्था तथा सञ्चार मन्त्री
विष्णु तुम्बाहाम्फे- सामाजिक विकास मन्त्री