काठमाडौं, २३ माघ । ‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको विजेता कृपा पौडेल बनेकी छिन् । शनिबार राति भएको फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बन्न सफल भएकी हुन् ।
उपाधी जितेकी पौडेलले कार्यक्रमको ट्रफीसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । त्यस्तै, झापाकी रोशा फुयाँल दोस्रो र सिलगुडीका आदित्य विश्वकर्मा तेस्रो बनेका छन्। दोस्रो बनेकी रोशाले तीन लाख र आदित्यले दुई लाख नगद पुरस्कार पाएका छन्।
टप फाइभमा मा कृपा, रोशा र आदित्यसँगै अरुण सुनार र अभिज्ञा घिमिरे प्रतिस्पर्धामा थिए।
Photo: Facebook