२३ माघ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन् । शनिबार ट्वीट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताएका हुन् ।
उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् । त्यस्तै त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।
त्यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ ।यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ ।-सिन्हवा/Photo: Agency