Logo

ओली ७ महिनापछि बालुवाटार जाँदै



काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह बालुवाटार जाने तय भएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार जान लागेका हुन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए । त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ ।

देउवा र ओलीबीच भेटवार्ताहरु भएपनि बालुवाटारमा नभई अन्य स्थानहरुमा भएको थियो । ओलीलाई एक महिना अगाडि देउवाले बालकोटमा भेटेका थिए । दुई नेताबीच विभिन्न कार्यक्रमहरुमा भेटवार्ता भएको थियो ।

देउवा र ओलीबीच आजको भेटमा एमसीसीबारे महत्वपूर्ण सहमति हुने विश्वास गरिएको छ । दुई नेताले महत्वपूर्ण समझदारी समेत गर्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्