Logo

देउवा, ओली र प्रचण्डबीचको भेटवार्ताले के गर्ला ?



काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग चर्काचर्की गरेर आजको बैठकमा सहभागी नहुने बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः लचिलो भएका छन् । उनी अपरान्ह ४ बजे बालुवाटार जाने भएका छन् ।

यसअघि माधवकुमार नेपालविना बालुवाटार नआउने जवाफ दिएका प्रचण्डले आन्तरिक छलफलपछि जाने निर्णय लिएका छन् । उनले बालुवाटारमा आफू आउने खबर पठाएका छन् ।

देउवा र प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण छलफल गर्ने भएका छन् । छलफल एमसीसीका विषयमा केन्द्रित रहने बुझिएको छ ।

प्रचण्डले देउवाको सामु ओलीको धारणा पनि सुन्ने बुझिएको छ । त्यसपछि आफ्नो निर्णय सुनाउने तयारी गरेको विश्वस्त स्रोतले बताएको छ । प्रचण्ड संशोधनविना एमसीसी पारित गर्ने पक्षमा छैनन् । देउवा चाँडै पारित गर्न विकल्प सहित तयार भएका छन् । ओली भने गठबन्धन तोडेमा एमसीसीको पक्षमा उभिने रणनीतिका साथ बढेका छन् ।

आजको भेटमा प्रचण्ड एमसीसी संशोधनको प्रस्तावमा टसमस नभए देउवाले विकल्पबारे जानकारी दिने बुझिएको छ । उनले विकल्पमा ओलीसँग मिल्ने तयारी गरेका छन् । योसँगै गठबन्धन तोडिन सक्छ । देउवाको ओलीसँग गठबन्धन हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्