काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई पठाएको भनी सार्वजनिक गरिएको पत्रका कारण माओवादी केन्द्र पार्टीको दृष्टिकोणका बारे भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत उनले यस्तो बताएका हुन् । साथै, उनले एमसीसीको विषयमा माओवादी केन्द्रको अडान कायमै रहेको बताउदै यथास्थितिमा एमसीसी संझौता स्विकार गर्न नसकिने बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष कमरेड प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकार गरिनेछैन।’
प्रम देउवा र अध्यक्ष क•प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकार गरिनेछैन।
— NKShresthaPrakash (@nksthaprakash) February 6, 2022