Logo

१ फागुनबाट विद्यालय खुल्ने



काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।

सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् ।

यसअघि नै सरकारले विद्यालयहरुलाई १ फागुनबाट भौतिक रुपमा सञ्चालन गर्न तयारीको आग्रह गरेका थिए ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले १ माघबाट विद्यालयको भौतिक पठनपाठन बन्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्