Logo

देउवा, ओली र प्रचण्डको भेटमा ज्ञानेन्द्रबहादुर कार्की बसेपछि…



काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता चलिरहेको हो ।

भेटमा एमसीसीबारे महत्वपूर्ण छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ । देउवाले एमसीसीबारे वार कि पार गर्न दुई नेतालाई बालुवाटारमा डाकेका हुन् ।

सात महिनापछि ओली बालुवाटार पुगेका हुन् । देउवा, ओली र प्रचण्डबीच एकसाथ भेटवार्ता झण्डै एक वर्षपछि भएको हो ।

आजको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । कार्की एमसीसी सम्झौता हुँदा अर्थमन्त्री थिए । उनी एमसीसी पारित गराउन सक्रिय छन् । कार्कीले सबैभन्दा बढी केपी शर्मा ओलीसँग देउवाको सन्देश लिएर भेट्ने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी मन्त्री कार्कीका नाताले दाजु हुन् । उनले देउवाका तर्फबाट एमालेसँगको सम्पर्कको सेतु बन्ने गरेका छन् । आजको भेटमा कार्की समेत सहभागी हुनुले देउवाले एमसीसीको पक्षमा प्रचण्ड नआए ओलीसँग नयाँ गठबन्धन बनाउन खोजेको रुपमा लिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्