काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे प्रधानमन्त्री देउवाले ओली र दाहालसँग आज छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले छलफल जारी छ ।
रोचक त के छ भने बालुवाटारको बैठकमा पुग्दा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल एउटै समयमा बालुवाटारको गेटमा पुगेका थिए । प्रधानमन्त्री देउवा र प्रचण्डको सल्लाहमा नै तीन दलका अध्यक्षबीच आज छलफल राखिएको दाबी गरिएको छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम