Logo

ह्यारीकी प्यारी बनिन् साम्राज्ञी



काठमाडौं, २३ माघ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहाडहरुमा हिउँ भरिएपछि उचाईतिर लागेकी छिन् । उनी अचानक अग्लो पहाडको टाकुरामा देखिइन् ।

साम्राज्ञी कसैसँग डेटिङमा पुगेकी होइनन् । उनी चलचित्र सुटिङमा पुगेकी हुन् । कपिल रिजालको निर्देशनमा आजबाट ह्यारीकी प्यारीको सुटिङ चलेको छ । श्रीपञ्चमी पारेर सुटिङ सुरु भएको हो ।

ह्यारीकी प्यारीमा जीतु नेपाल पनि छन् । साम्राज्ञीले जीतुका साथ तस्बिर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot