Logo

प्रचण्डद्वारा एमसीसीलाई चुनाव पछि निर्णयमा लाने प्रस्ताव



काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसीको विपक्षमा उभिएका छन् । आज बालुवाटारमा तीन शिर्ष नेताबीचको भेटवार्तामा उनले यथास्थितिमा एमसीसी पारित गर्न तयार नभएको बताएका छन् ।

बैठकबारे जानकारी दिदै भेटवार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रचण्डबाट एमसीसी चुनाव पछि लगौं भन्ने प्रस्ताव आएको जानकारी दिए । उनले एमसीसीबारे भने,‘पुष्पकमल दाहाल प्रचण्डबाट चुनाव पछि गर्नु उचित हुन्छ भन्ने प्रस्ताव आयो ।’ प्रचण्डले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने समेत बताएको उल्लेख गरे ।

सत्ता पक्षले एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने राय राखेका छौं । पोखरेलले एमाले अनिर्णय भएर नबस्ने बताए । उनले सत्तापक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुखको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थिति हुन समस्या आएको बताए ।



प्रतिक्रिया दिनुहोस्