काठमाडौं, २३ माघ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई घण्टा लामो छलफलमा खुलस्त र हार्दिकताका साथ कुराकानी भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।
बैठकपछि कुराकानी गर्दै मन्त्री कार्कीले भने-“आजको बैठकमा संसद्मा देखिएको अवरोध, एमसीसी र स्थानीय तहको निर्वाचनबारे खुलस्त छलफल भयो । करिब २ घण्टा भएको छलफलमा हार्दिकता साथ र खुलस्त रुपमा विचारविमर्श भएको छ । आगामी दिनमा फेरि यिनै विषयमा छलफल हुने सहमतिका साथ बैठक सम्पन्न भएको छ। आजको छलफल संसद् प्रभावकारी बनाउने विषयमा सकारात्मक कुराकानी भएको छ । एमसीसीलाई निश्कर्षमा पुर्याउनको लागि पनि सकारात्मक छलफल भएको छ ।” उनले एमसीसीबारे रहेको भ्रम चाँडै नै अन्त्य हुने पनि विश्वास दिलाए ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/1030343247562171
Photo & Video By: Mukunda Kalikote/ReportersNepal