Logo

बाबुरामले प्रचण्डलाई पाखण्डी भनेपछि…



काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पाखण्डीको संज्ञा दिएका छन् । एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै गम्भीर आरोप समेत लगाएका छन् ।

बाबुरामले गएराति ट्वीट गर्दै प्रचण्डलाई भित्र खाओवाद बाहिर माओवाद भनेका छन् । प्रचण्डले भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवादको चरित्र देखाइरहेको आरोप समेत लगाए । प्रचण्डको नाम उल्लेख नगरी उनले दुईजिब्रे भनेका छन् ।

प्रचण्ड र बाबुराम माओवादी जनयुद्धका सहकर्मी हुन् । बाबुरामले कम्युनिस्ट सिद्धान्त छाडिसकेका छन् ।

बाबुरामले भनेका छन्ः भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!



प्रतिक्रिया दिनुहोस्