Logo

शम्भुजित बाँस्कोटाको सम्झनामा लता मंगेशकर (भिडिओसहित)



काठमाडौं, २४ माघ । बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटाले भारतीय गायिका लता मंगेशकरले नेपालका मठमन्दिर घुम्नको लागि आउने चाहना राखेको भएपनि त्यो पूरा नभएको बताएका छन् । उनले लताले सबै विद्यामा गीत गाएको सुनाए । उनले लतालाई ब्रम्हाण्डकै देवीको रुपमा चित्रण गरे ।

हिजोमात्रै मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले भने–‘उहाँको सबभन्दा ईच्छा भनेको नेपालका मठमन्दिर घुम्ने, पशुपतिनाथको दर्शन विशेष, लुम्बिनी जाने, पोखरा जाने रहेको थियो, मुक्तिनाथको कुरा पनि गर्नुहुन्थ्यो, शालिग्राम र रुद्राक्षको पनि कुरा गर्नुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्