Logo

कतारस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी (पासपोर्ट) दिन सुरु



काठमाडौँ, २४ माघ: कतारस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी (पासपोर्ट) दिन सुरु गरिएको छ । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी भएको हो । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट परीक्षणस्वरुप विद्युतीय राहदानी जारी गरेको हो ।

योसँगै सोमबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङसमेत खुला गरेको जनाएको छ । यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ ।

साथै, अमेरिकी तथा युरोपेली मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको विभागले जनाएको छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot