Logo

औषधी प्रयोजनका लागि गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी



काठमाडौँ, २४ माघ। सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने तयारी गरेको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका छन् ।

औषधि व्यवस्था ऐन २०३३ मा औषधी प्रयोजनका लागि गाजा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् । गाजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot