काठमाडौँ, २४ माघ: नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताएका हुन् । ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो,’ उनले भने ।
देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको रावलले बताए ।-Photo By: Mukunda Kalikote/reportersnepal