Logo

बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने



२४ माघ : बेलायतका विदेशमन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्ने भएका छन्। यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।

विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए । तर त्यतिबेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot