काठमाडौं, २४ माघ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले बसोबासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि सारेको छ ।
आज (सोमबार) मोर्चाले काठमाडौंमा विशाल र्याली निकालेको छ । ध्यानाकार्षण र्यालीमा सहभागीहरुले ‘सुकुम्बासी एकता जिन्दावाद’, गरिबका लागि पनि मानवअधिकार लागु गर, जसको जोत, यसको पोत कायम गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम