Logo

एमसीसीका कर्मचारीले जागिर नछाडे नागरिकले जे पनि गर्नसक्छन्ः स्वागत नेपाल



काठमाडौं, २४ माघ । अधिवक्ता समेत रहेका स्वतन्त्र राष्ट्रिय अभियान पार्टीका नेता स्वागत नेपालले एमसीसीका कर्मचारीलाई तत्काल जागिर छाड्न नभए कारबाहीको सामनाका लागि तयार हुन भनेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा एमसीसीविरुद्ध प्रदर्शनबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसीका कर्मचारीले जागिर छाड्न नमाने कारबाही हुने चेतावनी दिएका हुन् ।

‘जति पनि नेपालमा एमसीसीसँग आवद्ध भएका एमसीसीका कर्मचारीहरु छन् ती सबैलाई तत्काल जागिर छाड्न आह्वान गर्छौ,’ स्वागत नेपालले भने,‘यदि उहाँहरु मान्नुभएन भने नागरिकहरुले उहाँहरुलाई जे पनि गर्न सक्छन् त्यसबाट बच्नुहोला ।’

एमसीसी पास गर्न बढेमा सांसदहरुलाई समेत अवरोध गर्ने बताए । संसद भवनमा सांसदहरुलाई प्रवेश नगर्न नागरिकको तर्फबाट आग्रह गर्ने, त्यो सम्भव नभएमा भौतिक व्यवधान गरेर संसद भवन प्रवेश नगराउन कदम चाल्ने बताए ।

एमसीसी जबरजस्ती अनुदान भनेर नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाए । कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने उनले बताए । नेपालले नेपालमा एमसीसी सम्झौता लागु भएपनि असफल हुने जिकिर गरे । एमसीसी पास गर्न समय दिएमा नेपालमा थप रक्तपात हुने पनि उनले चेतावनी दिए । उनले भने,‘एमसीसी पास गर्न थप समय दिएमा नेपालमा थप रक्तपात हुन्छ त्यसकारण एमसीसी कुनैपनि हालतमा नेपालमा पास गर्न दिन हुँदैन् ।’ यसले नेपालमा मात्र नभएर अमेररिकालाई पनि नोक्सान हुने उनको भनाई थियो ।

नेपालका शीर्ष नेतृत्वले अमेरिकाका सामान्य कर्मचारी स्तरका अधिकारीसँग सम्झौता गर्न लम्पसार परेको आरोप लगाए । युवा तथा पूर्वमन्त्रीहरु योगेश भट्टराई तथा रामकुमारी झाँक्रीलाई ब्वाँसोको संज्ञा दिँदै भने,‘ब्वाँसोको बच्चा ब्वाँसो नै हुनेरैछन् । उनीहरुको काम देखिहालियोनी ।’ उनले एमसीसीविरुद्ध मतदान र्गन इमेल, फोन नम्बरमार्फत सम्पर्क गरेर जनतालाई अपिल गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्