Logo

एक डोज लगाए पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन भारतमा दर्ता



एजेन्सी, २४ माघ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक लाइट एक डोज लगाए पुग्छ । विश्वका ३० देशमा दर्ता भइसकेको यो भ्याक्सिन भारतमा पनि दर्ता भएको छ ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले भ्याक्सिनको दर्ता गरेको रुसी समाचार संस्था तासले जनाएको छ । यो भ्याक्सिन यसअघि अर्जेन्टिना, बहराइन, युएइ, फिलिपिन्सलगायत देशमा दर्ता भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot