Logo

धीतोपत्र बोर्ड अध्यक्ष काँग्रेसको भागमा, पाँच जनाको नाम सर्टलिष्ट



काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो ।

धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी, कृष्णराज पोखरेल र रमेश शमाल परेका छन् ।

यसअघिका बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त गरिएपछि आवेदन माग भएको हो । पहिलोपटकको आवेदन रद्द गरी दोस्रोपटक खुलाएर सर्टलिस्ट गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot